फिल्म । शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ को सिक्वेल बन्ने भएको छ । व्यावसायिक रुपमा फिल्म सफल नरहेता पनि सिक्वेल बन्ने निर्देशक बस्नेतले घोषणा गरेका छन् । यूट्युब रिलिजको ३ दिनमा फिल्मलाई १६ लाख बढीले हेरेपछि यूट्युबमा फिल्मले पाएको भ्यूज र प्रतिक्रियाबाट उत्साहित भएर निर्देशक बस्नेतले ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने घोषणा गरेका छन् ।
‘डाँडाको वरपीपल’ बनाउँदा नै सिक्वेलको परिकल्पना गरेको निर्देशक बस्नेतले बताए । आफू चाँडै निर्माण कम्पनी बुढासुब्बासँग छलफलमा बस्ने शोभितको भनाई छ । उनी ‘डाँडाको वरपीपल’को सिक्वेलमा अघिल्लो पार्टकै प्रमुख कलाकारहरु शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत र रुविना थापालाई दोहोर्याउने सोचमा छन् । तर, अहिलेसम्म कुनै कलाकारसँग सिक्वेलको बारेमा कुरा नभएको शोभितले बताए ।
कमेन्ट गर्नुहोस्










