फिल्म । अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रदीप खड्कासँग काम गर्ने इच्छा व्यक्त गरेकी छिन् । आज फिल्म ‘पिताम्बर’ को टिजर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले प्रदीपलाई एक्सनमा बढी सुहाएको सङ्केत गरिन् ।
उनले भनिन्,‘प्रदीपसँग एक्सन प्रधान फिल्ममा काम गर्न चाहन्छु । यद्यपि उहाँले आफूलाई हरेक विधामा अब्बल सावित गर्नुभएको छ । उहाँले रोमान्टिक होस् या सोसलड्रामा जे भएपनि स्क्रीनमा दर्शक र मेकर्स कन्भिन्स हुने गरी प्रस्तुती दिनुहुन्छ । म उहाँको कार्यशैली र फिल्म छान्ने शैलीको प्रसंशक नै हुँ ।’
उनले आफू निकट भविष्यमा निर्देशक बन्ने सङ्केत गर्दै इमान्दार भएर फिल्म बनाउनेलाई कलाकारले प्राथमिकतामा राखेर साथ दिने बताइन । फिल्मम प्रदीप खड्का, दिव्य देव, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, दिव्या रायमाझी, सुपुष्पा भट्ट, रविन्द्र झा, विशाल पहाडी, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ ।
फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी(अनमोल)ले समेत अभिनय गरेका छन् । विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।