फिल्म । गत माघको तेस्रोसाता राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्म ‘सरौतो’ को राजधानीको सेड्युल सकिएको छ । निर्माण टिमले लोक लयको गीतको छायाँकन ललितपुर स्थित सानेपाको इन्टरनेशनल क्लबमा गरेको हो । छायाँकन भइरहेको गीतमा सुमी मोक्तान र सन्नी सिंह बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । यसगीतमा छायाँकन भईरहेको यसपार्टलाई इम्याजीन सिनको रुपमा डेब्यु निर्देशक हरी हुमागाईले ब्याख्या गरे । ‘स्कुलमा एउटा कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायाँकन गरिरहेका छौ’ हरीले भने ‘डेब्यु फिल्ममा सबैको सहयोग पाएर काम राम्रो भइरहेको छ , फिल्म र गीतलाई दर्शकले इन्जोय गर्नु हुन्छ ।’ उनले टिमवर्कले सोचिएको र लेखिएको दृश्यलाई कैद गर्न सफल भइरहेको समेत प्रस्ट्याए ।
गीतलाई लिएर उनि झनै विश्वत छन् । ‘गीत जन जिब्रोमा झुण्डिने किसिमको छ’ उनले भने ‘राम्रो गर्ने कोसिस गरेकाछौ , आश छ हाम्रो कोसिस दर्शकलाई मन पर्नेछ ।’ छायाँकन भईरहेको गीत ‘चुलो चम्का’ मा राजनराज शिवाकोटीको र अञ्जु पन्तको स्वर रहेको छ भने यसमा राजनकै शब्द र संगीत रहेको छ । यसै फिल्म मार्फत कोरियोग्राफीमा डेब्यु गर्ने तयारीमा रहेकी निलिशा शाक्य पनि आशावादी छिन । ‘गीतलाई जसरी तयारी गरेका थियौ त्यसै अनुरुप छायाँकन भईरहेको छ’ उनले भनिन् ‘कोरियोग्राफीमा पहिलो भएपनि सबैले कोअपरेट गर्नु भएको छ ।’ गीतबाट सुमी निकै आशावादी छिन । ‘मैले यस लोकलयको गीतमा पहिलो पटक डान्स गरिरहेकी छु तर रमाइलो भईरहेको छ’ सुमी भन्छिन् ‘गीतमा केहि नयाँ कन्सेप्ट दिने कोसिस गरेका छौ ।’ गीतमा सुमीसँगै सन्नी पनि फिचर्ड छन् । फिल्म डायरी मार्फत डेब्यु गरेका सन्नीले गीतलाई इन्जोय गरिरहेको बताएका छन् । ‘गीत लोकलयको भएकोले इन्जोय गरिरहेको छु’ उनि भन्छन् ‘डान्स मलाइ सहज लाग्दैन तर यसगीतमा भने कम्फर्ट फिल गरिरहेको छु ।’
गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् । स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह -निर्माताको रुपमा श्री महर्जन रहेका छन् । एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहेको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ । काठमाडौँमा तिन हप्तामा पहिलो सेड्युल सकाएपछि टोली सिम्रौनगठ लगायतका तराइको स्थानमा छायांकन गर्न लाग्नेछ । फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।
तस्वीरहरु : आर्यन बिमली