संगीत । भारतका प्रसिद्ध गायक सोनु निगम नेपाल आउने भएका छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम सहभागी हुन् उनी नेपाल आउने भएका हुन्। नेपाली टच-नेपालले एक कार्यक्रमका बीच ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो।
नेपाली टचले विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा सहभागी हुन चाहनेले कार्यक्रमको औपचारिक टिकट विक्रेता इसेवामार्फत टिकट किन्न सक्नेछन्। कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ।
जहाँ सबैभन्दा सस्तो फेरस्टिभ जेनेरल टिकटको २ हजार , फेस्टिभ प्ल्याटिनमको ४ हजार , फेस्टिभ भिआइपी सिटिङको १० हजार तथा फेस्टिभ भिभिआइपी टेवलको ५० हजार रुपैयाँ शुल्क तोकिएको छ। यसैगरी टिकेटिङ पार्टनर इसेवाका कार्यक्रम प्रमुख गौरीशंकर दाहालले इसेवाले पहिलेदेखि नै ठूलोराम्रो इभेन्टको आवश्यक्ता महशुस गरिरहेकोमा सोनु निगमसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे।
यस्तै ‘नेपाली टच’सँग विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी चर्चित टेलिभिजन प्रस्तोता तथा स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले ‘नेपाली टच-नेपाल’को नयाँ सुरुवातलाई शुभकामना दिए।











