गीत बनिन् शिल्पा (भिडियो)

फिल्म । नायिका शिल्पा पोखरेल अभिनित फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजानिक भएको छ । भोजपुरी फिल्ममा आफ्नो बलियो स्थान बनाउन कोशिश गरिरहेकी शिल्पा यसमा गीतको भूमिकामा छिन् । सार्वजनिक ट्रेलरमा उनको क्यारेक्टरको महत्वलाई दर्शाएको छ ।

सार्वजनिक ट्रेलरमा शिल्पा भोजपुरी नायक प्रदिप पाण्डेसँग रोमान्टिक मुडमा देखिएकी छिन् । ट्रेलरमा शिल्पा र प्रदिप विचको प्रेमलाई चित्रित गरिएको छ । फिल्मलाई सोनु खत्रीले निर्देशन गरेका हुन् । शिल्पाले यसअघि भोजपुरी फिल्म ‘जय शम्भु’मा काम गरिसकेकी छिन् ।

कमेन्ट गर्नुहोस्