फिल्म । अन्तत अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अशोकले शुक्रबार फेसबुकमा स्टाटस लेख्दै फिल्मको रिलिज डेट आउँदो असोज १० लाई तय गरिएको जनाए । अहिलेसम्म यो डेटमा अरु फिल्मले प्रदर्शन मिति तोकेका छैनन् ।
अशोकले वितरक तथा फिल्मकर्मीसँगको छलफलमा डेट तय गरिएको बुझिएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह ,नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ ।
यसै फिल्म मार्फत अशोकका छोरा अंकित शर्मा अभिनेताको रुपमा डेब्यु गर्दैछन् ।फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेकाछन् । यसमा कल्याणसंगै शम्भुजित बाँस्कोटाको पनि संगीत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्