डेब्यु गर्दैछन् आर्यन ?

फिल्म । बलिउडका प्रसिद्ध फिल्ममेकर करण जोहरले नया फिल्म ‘तख्त’ मार्फत स्टारकिड आर्यन खानलाई बलिउडमा डेब्यु गराउने भएका छन् । रोमान्सका बादशाह शाहरुख खानका छोरा आर्यनले डेब्यु गर्ने चर्चा धेरै अगाडी देखि नै चलिरहेको थियो । तर यसलाई पुष्टि भने गरिएको थिएन् । करणले एक कुराकानीको क्रममा बलिउडमा उनलाई डेब्यु गराउन लागेको बताएका छन् । ‘आर्यनको डेब्यु सामान्य नै हुन्छ पछि उनलाई स्टार बनाएर ल्याउने सल्लाह भइरहेको छ’ एक अन्तर्वार्तामा करणले भनेका छन् । उनले निर्देशन गर्ने फिल्ममा तख्तमा पनि आर्यन हुन् सक्ने बताईएको छ । शाहरुखको करियरमा करणले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । करणकै फिल्म मार्फत शाहरुखले आफ्नो स्टारडम बढाएका थिए । तख्त करणको ड्रिम प्रोजेक्ट हो भने यसमा रणवीर सिंह , आलिया भट्ट , करीना कपूर खान , विक्की कौशल , भुमि पेड्नेकर , जान्ह्वी कपूर र अनिल कपूर जस्ता कलाकारको अभिनय रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्