एकसाथ सलमान र शाहरुख

फिल्म । बलिउडमा दुई खान शाहरुख र सलमानको चर्चा निकै हुने गर्छ । जब यी दुई कुनै इभेन्टको लागि सँगै हुन्छन , परिचर्चा नै सुरु हुन्छ । पछिल्लो स्मुआ सलमानले शाहरुखलाई सहयोग गरिरहेका छन् । केहि समय अगाडी कट्रिना कैफको जन्मोत्सव मनाउने क्रममा दुश्मनी साधेका यिनले पछिल्लो समय स्ट्रगल समयको मित्रतालाई अपनाईसकेका छन् । शाहरुख अभिनित तथा निर्मित फिल्म ‘जिरो’ क्रिसमसमा रिलिज हुदैछ । यसैले गर्दा उनि प्रमोसनमा व्यस्त छन् ।

प्रमोसनकै क्रममा शाहरुख सलमानको शो ‘बिग बोस सिजन १२’ मा जाने भएका छन् । ‘विकेन्डका वार’ अन्तर्गत शाहरुख र सलमानले स्टेज शेयर गर्नेछन् । बलिउडका विभिन्न सेलिब्रेटी आफ्नो फिल्म प्रमोसनको लागि शो मा जाने गरेका छन् । यी दुईले एकसाथ शो शुटिङ गरेको खबर बाहिर आउनासाथ् फ्यान निकै खुसि भएका छन् ।

सलमान र शाहरुख जब एकसाथ शो मा आउछन , दर्शकले भरपुर मनोरंजन पाउने गरेका छन् । पछिल्लो समय यी दुई सलमानकै शो ‘दसका दम’ मा एकसाथ देखिएका थिए । डिसेम्बर २१ मा रिलिज हुने फिल्म ‘जिरो’ मा शाहरुखसँगै कट्रिना कैफ र अनुष्का शर्माको अभिनय रहेको छ । फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्