निर्देशकहरुले जुटाए सहयोग

फिल्म । चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको अप्रत्याशित निधनपछी उनको परिवारलाई सहयोगार्थ एक समिति नै गठन भईसकेको छ । स्वर्गीय भट्टराईले आफ्नो जीवन फिल्मलाई समर्पित गरेका थिए । यसैले गर्दा यतिबेला उनको परिवारलाई आर्थिक सहयोग गर्ने क्रम बढ्दो छ । यसैक्रममा स्वर्गीय भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली फिल्मका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन ।

निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुलीले विकास वोर्डका पुर्व अध्यक्ष तथा सहयोग संकलन समितिका संयोजक राजकुमार राईलाइ रकम हस्तान्तरण गरे । अमेरिका बस्दै आएका निर्देशक नारायण पुरी, गोपाल चन्द्र लाम्छाने , दिनेश कार्की, किशोर सुब्बा, अक्की शर्मा, यादब सिलवाल, बीबी फुँयाल र सुमन दाहाल मार्फत आएको उक्त नगद हस्तान्तरण गरिएको हो । यो रकम स्व.केशव भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी समितिले गराएको छ । सहयोग गर्न चाहनेले बैंक खाता सिटिजन बैंक कपन शाखामा खाता नम्बर ०२४०१०००००५०७०४१ मा रकम जम्मा गर्न सक्ने पनि समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्