‘समिक्षा गरेकै कारण मुद्दा दायर गरेका हैनौ’ मिलन चाम्स

16 Shares

फिल्म । गत जेठ ३ गते बाट फिल्म ‘बीर विक्रम २ प्रदर्शनमा आएको छ । फिल्मलाई लिएर केहि दिन अगाडी मात्र नै समिक्षाको नाममा गालीगलौज र अपशब्द प्रयोग गरेको भन्दै एक फेसबुक पेज बिरुद्ध फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सले मुद्धा दर्ता गरेका गरे । प्रनेश गौतमले ‘मिम नेपाल’ को अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भिडियो बिरुद्ध निर्माण टिमले कानुनी प्रक्रिया अगाडी बढेपछी यतिबेला प्रनेश हिरासतमा छन् ।

अदालतबाट थप म्याद लिएर प्रनेश हिरासतमा रहेपछि यतिबेला उनलाई हिराइको माँग गर्दै सामाजिक सञ्जालमा स्टाटस पोष्ट भएका छन् । सामाजिक सञ्जालसँगै युवाले प्रदर्शन गर्दै उनको रिहाइको माँग समेत गरेका छन् । सामाजिक सञ्जाल यसले चर्को रुप लिएपछि निर्देशक मिलन चाम्सले रिपोर्ट्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनलाई समिक्षा गरेकै आधारमा पक्राउ नगरेको बताएका छन् । ‘सम्पादित भिडियो हेरेकै आधारमा यहाँ मुल्यांकन गरियो र भ्रामक खबर फैलिएको छ’ निर्देशक चाम्सले भने ‘हामीले समिक्षा गरेकै आधारमा उनलाई मुद्दा दायर गरेका हैनौ ।’

उनले प्रनेशको मुद्दालाई राजनीतिकरण भएको भन्दै आफुले पत्रकार सम्मेलन गरिएको बताए । ‘प्रनेश जेलमा रहदा म खुसि छैन तर हाम्रो उदेश्य उ सुध्रियोस भन्ने हो’ मिलनले भने । उनले प्रनेशसँगको कुराकानी र उनको परिवारसँगको छलफलमा आफु सदैव सकारात्मक रहेको तर जन मानसमा भने भ्रामक किसिमले खबर पुगेको बताए । ‘म कसैलाई सजाय दिएर खुसि छैन’ उनले भने । मिलनले आफु गत सोमबार नै प्रनेशलाई छुटाउने हिसाबले प्रहरी परिसर टेकु पुगेपनि मिम नेपालका केहि सदस्यको कारण वार्ता सफल नभएको बताए ।

‘परिवारको आग्रहमा उसले गल्ती स्वीकारेर सहि बाटोमा लाग्ने बताएपछी हामीले छुटाउने तयारी नगरेका हैनौ तर मिम नेपालका सदस्यले त्यहाँ कुरा सकाउने भन्दा पनि बढाउनेमा ध्यान दिनु भयो’ मिलनले भने । रिपोर्ट्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रनेश छिटै छुट्ने प्रतिबद्धता समेत व्यक्त गरे । चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका , बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments