फिल्म। नेपाल र भारतका कलाकारहरूलाई अनुबन्ध गरिसकेको फिल्म ‘ह्रस्व दीर्घ’ मा गरिमा शर्मा जोडिएकी छिन्। आउँदो फेब्रुअरी १ तारिखबाट भारतस्थित विश्वकै ठुलो फिल्म स्टुडियो रामोजी फिल्म सिटीमा छायांकन सुरू हुने फिल्मले अनुबन्ध गरेका कलाकारहरू खलपात्रदेखि कमेडियन हुँदै प्रेमिल पात्रमा स्थापित छन् । हरिहर अधिकारी र नीता ढुङ्गाना मुख्य जोडी रहने भनि चर्चा गरिएको फिल्ममा गरिमा जोडिएको जानकारी निर्माण पक्षले दिएको छ ।
नीता फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा यसअघि नै चर्चित भारतीय कलाकार ब्रह्मानन्दम, चर्चित खलपात्र सुनिल वर्मा (सिनुभाई), गजनी भिलेन प्रदीपराज रावत, साउथ कलाकार अली अनुबन्ध भइसक्दा नेपालबाट हरिहर अधिकारी, नीता ढुङ्गाना, रविन्द्र झा, विपना थापा, सरोज खनाल र सलोन बस्नेत अभिनयमा रहने निर्माण टिमले बताउँदै आएको छ । यो फिल्मको छायांकारमा बलिउड सिनेमाटोग्राफर कबीरलाल यसअघि नै अनुबन्ध भएका छन् । फिल्मको स्कृप्ट प्रतीक पौडेलले लेखेका छन् ।











