फिल्म । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । केही दृश्य र संवादमा आपत्ती जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन गर्न अनुमति नदिएको फिल्म सम्पादन पश्चात ‘युनिभर्सल’ सर्टिफिकेट सहित प्रदर्शन गर्न अनुमति पाएको हो ।
मधेशको सेटअपमा खिचिएको गीतलाई कथा वाचनको रुपमा समावेश गरिएको छ । निर्देशक दीपक रौनियार, अभिनेत्री आशा मगराती, आरती मण्डल, सुरज यादव, रिंकु गायत्री मिश्रा, परमेश्वर झा, मदन ठाकुर, सरोज मिश्र, घनश्याम मिश्रलगायत उपस्थित थिए ।
यसमा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
कमेन्ट गर्नुहोस्