फिल्म । लेखक हुँदै निर्देशक बनेका विकासराज आचार्यले ‘नाई नभन्नु ल २’ पछी यहिँ सिरिजलाई अगाडी बढाई रहेका थिए । तर , यस वर्ष उनले दर्शक समक्ष हजार जुनीसम्म लिएर आए । उनले सिरिजलाइ एक वर्ष ब्रेक गर्दै नयाँ फिल्म ल्याएका थिए । तर , फिल्मले अपेक्षाकृत व्यापार गरेन । त्यसपछि उनि सिरिजलाई नै अगाडी बढाउने तयारीका साथ् लागिरहेका छन् ।
उनले आउँदो छैठौ सिरिजमा अनुभव रेग्मी र सेड्रिना शर्माको जोडीलाई प्रस्तुत गर्ने भएका छन् । नाई नभन्नु ल ५’ रुचाइएको यो जोडीलाई विकासले दोहोर्याउदै छन् । यसअघिको सिरिजमा अनुभवको जोडी नयाँ रहदै आएकी थिइन् । फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहनेछ । आउँदो वर्षको वैशाख दोश्रो साताबाट छायाँकन सुरु गर्ने योजनामा रहेका विकासले ३ नायिका र एक नायक हुने बताएका छन् । उनका अनुसार, ३ मध्ये एक नायिका भने नयाँ खोजिनेछ । नायक पनि नयाँ अनुहार नै राख्ने तयारी उनको छ ।









