फिल्म । अभिनेता विपिन कार्की विरुद्ध उजुरी परेको छ । फिल्म ‘प्रसाद २’ का निर्माता सुवास थापाले अभिनेता कार्की विरुद्ध उजुरी दिएका हुन् । विपिनबाट क्षतिपूर्ति भराइदिन भन्दै उनले उजुरी दिएका हुन् । चलचित्र निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३/२०७९/०५/०९ रहेको छ । कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिंडेर फिल्म अलपत्र पारेको भन्दै थापाले क्षतिपूर्ति माग गरेका छन् ।
छायांकन गर्ने तयारी भइरहदा बारम्बार विपिनकै कारण लफडा निस्किएको बताइएको छ । त्यसयता ‘प्रसाद २’को छायांकन अनिश्चित बनेको छ । पफिल्म ‘प्रसाद २’ छायांकन गर्ने भनेर अन्तिम तयारी हुँदा समेत अनावश्यक लफडा निकालेर छायांकन हुन् नदिएको आरोप विपिनलाई निर्माण पक्षले लगाएका छन् । त्यसयता पनि बारम्बार फिल्म छायांकनमा लाने प्रयाश भइरहेका छन् । यद्दपि निर्माता थापाले भने विपिनका कारण आफूलाई आर्थिक क्षति भएको भन्दै उजुरी दिएका हुन् ।
‘हामीले सम्झौता गरेर नै काम सुरु गरेका हौँ । सम्झौता अनुसार हामी चलेपनि उहाँ चल्नु भएन । कि उहाँले काम पुरा गर्न पर्यो । कि क्षतिपूर्ति दिनु पर्यो’ निर्माता थापाले भने । उजुरी आएपछि अब निर्माता संघले विपिन र सुवास दुवैलाई छलफलमा बोलाउने तयारी गरेको छ ।










