‘मैले आफ्नो फिल्ममा जहिले पनि दर्शक टेस्टमा नयाँ पन दिन खोजेको छु , ट्रेण्ड चेन्जमा केहि हदसम्म हाम्रो योगदान रहेको जस्तो लाग्छ’ निर्माता वाग्लेले पुराना दिन सम्झिदै भने । उनले आफ्नो पछिल्लो निर्माण रहेको फिल्म ‘चङ्गा चेट’ ले पछिल्लो समयको समाजलाई चित्रण गर्ने समेत बताए । ‘फिल्म रमाइलो छ तर यसमा अहिलेको परिस्थिति पनि छ’ उनले बताए ।
दिपेन्द्र के खनालको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा आयुष्मान डिएस जोशी , प्रियंका कार्की , सन्दीप क्षेत्री , पारामिता आरएल राणा , रविन्द्र झा , सुरक्षा पन्त , बेनिषा हमाल , ऋचा शर्मा र अर्पण थापा लगायतको अभिनय रहेको छ । फिल्म कार्तिक १६ मा रिलिज हुदैछ ।
कमेन्ट गर्नुहोस्







