फिल्म । पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । गत वर्ष कोरोना भाइरस महामारीका कारण भर्चुअल माध्यमबाट सम्पन निफ यसपटक भने राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा पहिले झैँ भौतिक उपस्थितिमा हुनेछ । यस महोत्सवमा ३८ देशका ८९ फिल्महरुबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेण्ट्री तथा एनिमेटेड फिल्महरुको ७ वटा विधिको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
अभिनेता निर शाहले निफलाई पहिलो संस्करणभन्दा यता परिष्कृत भएर आइरहेको जनाउदै उनले महोत्सवले नेपाली फिल्मको क्षेत्रलाई थप शिक्षित बनाएको पनि बताए ।‘पहिलो संस्करणमा यसले असाध्यै धेरै संघर्ष गर्नुपरेको थियो । तर दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिस्कृत फम्र्याटमा प्रश्तुत गर्न सफल भयो’ उनले भने ।
यसपटक फिल्म हलमा भौतिक रुपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ । यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ । महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ । नेपाल अन्तर्राष्ट्रि चलचित्र महोत्सवको आयोजनामा हुन लागेको यो महोत्सव पाचौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सव हो ।











