संगीत । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको ‘चार कोठे मुटु’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनिश अधिकारीले शब्द कोर्नुका साथै संगीत पन्नी दिएका छन् ।
सार्वजानिक गीतको भिडियोमा बुद्धि तामाङ, सुधीर श्रेष्ठ, दीपक लामा, कालु लामा, राजु श्रेष्ठ, तुलसा भण्डारी, हरिकुमार श्रेष्ठ, शिव बरम, मोनालिसा खतिवडा, सबी डोटेल र रविन बखरेल फिचर्ड छन् । फिल्म निर्देशक रुपेश तामाङको निर्देशन रहेको यस भिडियोमा दीर्घ खड्काको सम्पादन र इश्वर सिन्केमनाको छायांकन रहेको छ ।
कमेन्ट गर्नुहोस्










