सलिन स्टारर ‘यात्रा’ ट्रेण्डिङको पहिलो स्थानमा

फिल्म । सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को ट्रेलर सार्वजनिक भएको तेस्रो दिनमै ट्रेण्डिङ नम्बर एक मा पुगेको छ । विहिवार बेलुकी ट्रेलर नम्बर १ मा पुग्न सफल भएको हो । दर्शकले यसलाई रुचाउदै गएपछि यसले ट्रेण्डिङमा आफ्नो स्थान बनाएको हो । फिल्मको सार्वजनिक ट्रेलरमा कथासार देखाइएको छ । ट्रेलरमा सलिनको एक्सन र रोमान्स दुवैलाई देखाइएको छ । कन्टेन बोकेको फिल्मको ट्रेलरलाई मसलेदार रुपमा तयार गरिएको डेब्यु निर्देशक सम्राट शाक्य बताउछन् ।

फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । ट्रेलर रिलिज गरिएको तेस्रो दिनमा ५ लाख ४२ हजार भ्युज सहित ट्रेण्डिङको पहिलो स्थान ट्रेलरले ओगटेको हो ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।

कमेन्ट गर्नुहोस्