संगीतकार उपाध्यायका तीनवटा एल्वम विमोचन

संगीत । संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन गरिएको छ । राजधानीको जमल स्थित सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन गरिएको हो । सार्वजनिक तिनवटै एल्वमलाई डश म्युजिकले उत्पादन तथा वितरण गरेको छ । प्रमुख अतिथी वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ, विशिष्ठ अतिथी गायिका ज्ञानु राणा, विशेष अतिथी संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा वरिष्ठ संगीतकार टिका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, संगीतकार शंकर थापा ‘स्माइल’, संगीतकार योगेन्द्र उपाध्याय लगायतले एल्वम विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै संगीतकार योगेन्द्र उपाध्यायले आफुले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको जनाए । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको बताए । जसका कारण अहिले एकसाथ तिनवटा एल्बम सार्वजनिक गरेको उनको भनाई छ । योगेन्द्रले आफुले सिकेको संगीतका बिभिन्न सुरहरुलाई एल्बम मार्फत प्रस्तुत गरेको बताए । योगेन्द्रका तिनै एल्बम फरक फरक जनरामा छन् । ६ वटा गीत समावेश भएको ‘सँगै हिडौंन’ आधुनिक तथा गजल गीतहरुको संग्रह हो भने ७ वटा गीतहरु समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरु समावेश भएको एल्वम हो । यस्तै ७ वटा गीतहरु समावेश भएको ‘क्लीयरकट’ वेस्टर्न फ्लेवरका गीतहरुको संग्रह हो ।

सार्वजनिक एल्वमको समिक्षा गर्दै प्रमुख अतिथी वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले योगेन्द्रको प्रसंसा गरेका छन् । उनले एउटै संगीतकारले भर्सटायल रुपमा आफुलाई प्रस्तुत गर्न सक्नु र त्यसमा उत्कृष्टता प्रदान गर्नु योगेन्द्रको अब्बल पक्ष रहेको बताए । आफुले तिनवटै एल्वमका गीत सुनेको भन्दै उनले योगेन्द्रलाई अब्बल संगीतकारको सुचिमा राखेको पनि जनाए । संगीतका १२ सुर हुने र त्यसलाई सही प्रयोग गर्न रागको ज्ञान हुनुपर्ने भन्दै त्यो योगेन्द्रमा पाएको बताए । योगेन्द्र नेपाली संगीत क्षेत्रको चम्किलो तारा भएको गायक श्रेष्ठको भनाई छ ।

गायिका राणाले योगेन्द्रले विभिन्न जनराका गीतमा उत्कृष्ट संगीत दिएको बताइन । आफु योगेन्द्रको स्वरको पहिले देखि नै प्रसंसक भएको भन्दै उनले सार्वजनिक एल्वमका गीत सुनेपछि संगीतको पनि प्रसंसक भएको जनाइन । यस्तै बरिष्ठ संगीतकार राजु सिंहले योगेन्द्रका गीत सुन्दा उनलाई संगीतका परिपक्क खेलाडीका रुपमा आफुले पाएको जनाए । २०६७ र २०६८ सालको भत्ति संगीत प्रतियोगीतामा प्रथम भएको योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए । योगेन्द्रले त्रिभुवन विश्व विद्यालयबाट संगीतमै मास्टर्स गरि ‘ललितकलाचार्य’ उपमा समेत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्