फिल्म । चलचित्र प्तार्कार संघ , नेपालको चितवन शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर सम्मान तथा पुरस्कार घोषणा गरेको छ । २१ औँ वार्षिकोत्सवको अवसरमा देशको अवस्थाका कारण कार्यक्रम नगरिएता पनि चितवन शाखाले कलाकार तथा चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । संघले नेपाली चलचित्रमा अतुलनिय योगदान पुर्याउने एक कलाकार, चितवनमा रहेर चलचित्र पत्रकारिता गरिरहेका २ जना पत्रकार र काठमाडौंमा रही चलचित्र पत्रकारिता गरिरहेका एक पत्रकारलाई सम्मान गर्ने भएको हो ।
यस पटकदेखी हरेक वर्ष चलचित्र पत्रकारिता दिवस तथा संघको वार्षिकोत्सवको अवसरमा गरिने सम्मान तथा पुरस्कारलाई निरन्तरता दिने समेत शाखा अध्यक्ष रवी अधिकारीले बताएका छन् । संघले कलाकार ॠद्दीचरण श्रेष्ठ, चितवनका चलचित्र पत्रकारद्वय किशोर खनाल र सुशील पन्त र काठमाडौंका बिजय आवाज (सुवेदी) लाई सम्मान गर्ने भएको हो । उनिहरुलाई जनही ५ हजार ५ सय नगद समेत प्रदान गरिने संघले जनाएको छ । संघले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै बरिष्ठ कलाकार ॠद्दीचरण श्रेष्ठलाई सम्मान गर्न लागेको हो ।
उनले वि स २०३९ सालमा ‘कान्छी’ बाट फिल्ममा डेब्यु गरेका थिए । त्यसयता उनले ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । ‘कान्छी’ ‘मोहिनी’ ‘मनकामना’ ‘माइली’ ‘माइती’ ‘सुख दु:ख’ ‘दाइजो’ लगायत श्रेष्ठका दर्जनौ सफल फिल्ममा उनको जीवन्त अभिनयको प्रसंशा भएको थियो । वर्गीकृत राष्ट्रिय दैनिकबाट पत्रकारिता शुरु गरेका खनाल १७ बर्षदेखी यसै क्षेत्रमा आवद्ध छन् । हाल उनी चितवन पोष्टको सम्पादकको रुपमा कार्यरत रहेका छन् । यस्तै पन्त चितवनमा ७ वर्ष यता रङ्ग पत्रकारितामा सक्रिय छन् ।
विक्रम संवत २०७० सालमा भरतपुरस्थित रेडियो त्रिवेणीबाट चलचित्र पत्रकारिता शुरु गरेका पन्त अहिले एटुजेड समाचार डटकममा सह सम्पादकको रुपमा कार्यरत छन् । यसैगरी सुवेदी काठमाडौंमा रहेर विगत १५ बर्षदेखी पत्रकारिता गरिरहेका छन् । २०६२ सालमा रेडियो उपत्यकाबाट रङ्ग पत्रकारिता शुरु गरेका सुवेदी हाल अनलाइन खबर डटकममा मनोरन्जन विधा तर्फ वरिष्ठ उप सम्पादकको रुपमा कार्यरत छन् । सम्मानित तथा पुरस्कृत व्यक्तिलाई अवस्था सहज भएसँगै एक कार्यक्रमको बीच सम्मान तथा पुरस्कार वितरण गरिएन शाखा अध्यक्ष अधिकारीले बताए ।