पल र मलिकाको जोडी फिल्ममा ?

फिल्म । पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएको जोडी पल शाह र मलिका महतको जोडी ठुलो पर्दामा उदाउने भनिएको पनि लामो समय भइसकेको छ । ‘फूलबुट्टे सारी’ र ‘टाढा भए पनि’ बोलका दुई गीतमा पल र मालिकाको जोडी रुचाइए पछि दुवैलाई लिएर फिल्म बनाउने निर्माताहरुको नाम अगाडी आइरहेको छ । यसैमा थपिएको छ , गोपीकृष्ण मुभिज ।

गोपीकृष्णको फिल्म मध्येको एक ‘पर्खी बसेँ २’मा पल र मलिका अभिनय गर्ने मौखिक सहमति भएको स्रोतले बताएको छ । दोस्रो वेभ साम्य भएर दैनिकी सामान्य हुन थालेसँगै फिल्मकर्मी सुटिङको तयारीमा लागेका छन् । गोपीकृष्णले २०६५ सालमा बनाएको यो फिल्मको सिक्वेल निर्देशनको अभिभारा ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीलाई दिइएको छ । फिल्ममा एक हिरो र दुई हिरोइन रहने बताइएको छ । फिल्म यात्रा मार्फत डेब्यु गरेकी मलिकाले त्यसपछि खगेन्द्र लामिछानेको फिल्म ‘पानीफोटो’ मा अभिनय गरिसकेकी छिन् । हालै उनि एक विग व्यानरको फिल्ममा अडिसन दिन पुगेकी थिइन् , यद्दपी सेलेक्ट भइनन् । फिल्म ‘पर्खी बसेँ २’ निर्माणको घोषणा हुँदा फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठलाई अफर गरिएको थियो ।

कमेन्ट गर्नुहोस्