यस्तो बन्यो ‘न यता न उता’ पोस्टर

फिल्म । फिल्म ‘न यता न उता’ ले नयाँ रिलिज देत आउँदो साउन १७ लाई तय गरेसँगै पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सबैलाई स्थान दिइएको छ । फिल्म कमेडी विषयवस्तुमा निर्माण भएको सार्वजनिक पोस्टरले प्रस्ट्याउँछ ।

फिल्ममा मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् । यी दुइले दिलममा लण्डनमा बस्ने नेपालीको भूमिका निर्वाह गरेका छन् । समीर र मिराजसँगै ऋचा शर्मा , छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ , जयनन्द लामा, सिल्सा जिरेल लगायतको अभिनय रहेको छ ।

कमेडी जनरमा तयार फिल्मलाई मिराज र विशारद बस्नेतले संयुक्त रुपमा निर्देशन गरेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन प्रधान ,बेनकण्ठ माकाजु , प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । यसमा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्