‘डिग्री माइला’ लाई देशभर उच्च शो

फिल्म । अभिनेता दयाहानङ राई र निर्देशक रामबाबु गुरुङ दर्शकसँगै फिल्मकर्मीको लागि पनि विश्वाशिलो नाम बनिसकेका छन् । उनीहरूले सँगै काम गर्दा नेपाल मात्र नभई डायस्पोरामा पनि उही विश्वासका साथ दर्शक हलसम्म आउछन । यही समूहले निर्माण गरेको ‘डिग्री माइला’ प्रति अहिले दर्शकको विश्वास बढिरहेको छ ।

‘कबड्डी’ शृंखलाको शैलीबाट भिन्न बनाउन खोजिएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् ।

डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको फिल्मको शो खुलिसकेको छ । अर्थात् मल्टिप्लेक्समा दर्शकले आफूलाई पायक पर्ने समयको टिकेट बुक र खरिद गर्न सक्नेछन् । यसलाई प्रदर्शकले उच्च शो दिएका छन् । देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशभर ५८ शो दिएको छ । अन्य मल्टिप्लेक्सले ९७ शो दिएका छन् । हालसम्म देशभर प्राप्त १ सय ५५ शो प्रारम्भिक रहेको र अझैँ बढ्न सक्ने वितरकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्