प्रकाशको नयाँ फिल्ममा अजय

जयहोस् । अजय देवगन पछिल्लो समय एकपछी अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारार अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । केहि समयपछी इन्द्र कुमारको फिल्म ‘टोटल धमाल’ मा देखा पर्ने अजयले आफ्नो पुराना साथी तथा निर्देशक प्रकाश झासँग हात मिलाएका छन् । केहि समय यता यी दुईको विचमा राम्रो सम्बन्ध थिएनन् । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्विकार गरेपछी यी दुईको सम्बन्ध चिसिएको थियो । तर यतिबेला भने यी दुई एक सोसलड्रामा बनाउने सल्लाह गरिरहेका छन् । बुझिए अनुसार प्रकाश झासँग उक्त फिल्ममा अजय पनि निर्माता हुनेछन । अजयको अभिनय तथा प्रकाशको निर्देशन रहेको फिल्म दिल क्या करे, गंगाजल , अपहरण , राजनीति , आरक्षण र सत्याग्रह जस्ता फिल्मलाई दर्शकले रुचाएका थिए । पछिल्लो समय अजय अघिल्ला फिल्म झैँ कथा राम्रो हुनुपर्नेमा जोड दिइरहेका छन् । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने प्रकाशको वेव सिरिज ‘सारे जहाँ से अच्छा’ नै फिल्मको नाम पनि हुन् सक्ने सम्भावना छ ।
कमेन्ट गर्नुहोस्