रुचाइयो ‘बोक्सीको घर’ ट्रेलर

फिल्म । नेपाली फिल्म ‘बोक्सीको घर’को ट्रेलरलाई दर्शकले मन पराएका छन् । फिल्ममा समावेश गीत ‘बुझिन मैले’ सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङ्ग अर्न्तगत मुभि सेक्सनको शिर्ष स्थानमा छ । अर्थात् यसलाई फिल्म प्रेमीले उत्साहका साथ हेरिरहेका छन् ।

केकी अधिकारीले निर्माण गरेको फिल्म सत्य घटनामा बात प्रेरित भएर तयार गरिएको हो । मण्डला नाटकघरमा मन्चन गरिएको सोही शिर्षकको नाटकबाट प्रभावित भएकी केकीले चार वर्ष लगाएर यसलाई फिल्मको स्वरूप दिएकी हुन् । ‘मैले नाटक हेरेपछि यसको प्रस्तुतीकरण र विषयलाई महसुश गरे । यो कथा धेरैसम्म पुग्नु पर्छ भन्ने लग्यो । त्यसमाथि महिला भएपछि मैले बनाउने फिल्म यस्तै हुनुपर्छ भन्ने लगेर अहिले फिल्म बनाएकी हुँ’, अभिनेत्री अधिकारीले भनिन् ।

सुलक्षण भारती निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्