किन लद्दाख पुगे अनमोल ?

फिल्म । अभिनेता अनमोल केसी भारतको लद्दाख पुगेका छन् । उनी निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङसँग आगामी फिल्म ‘जेरीः अन टप’को छायांकनका लागि लोकेशन हेर्न त्यहाँ पुगेका हुन् । लद्दाखमा हिमाली दृश्यलाई खिच्न सकिने भएकाले टीम त्यहाँ पुगेको बुझिएको छ ।

फिल्मको नाम र सार्वजनिक गरिएको फस्टलुकले यसको छायांकन हिमाली भेगमा हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ । फिल्मको कति दृश्यको छायांकन लद्दाखमा हुन्छ भन्ने बिषयमा अहिलेको भ्रमणले तय गर्ने बुझिएको छ । फिल्ममा ‘जेरी’ को पात्रमा अनमोल देखिदैछन् । उनी हिमाल प्रेमी हुने सङ्केत सार्वजनिक फस्टलुकले गरिसकेको छ ।

यो फिल्ममा अनमोलसँगै आँचल शर्मा र जसिता गुरुङको पनि मुख्य भूमिका छ । कास्ट संरचनाले फिल्म त्रिकोणात्मक प्रेमकथामा रहने देखिएको छ । किनकि निर्माण पक्षले यी तीन कलाकारलाई नै प्रचारप्रसारमा प्रयोग गरेको छ । फिल्मलाई फागुनको २ गतेबाट रिलिज गर्ने घोषणा समेत यसको निर्माणपक्षले गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्