नेपालगञ्ज म्युजिक फेस्टिभलमा राजेश र कमलले नचाए

संगीत । नेपालगञ्ज म्युजिक फेस्टिभलमा गायक राजेशपायल राई र कमल खत्रीले आफ्नो प्रस्तुति मार्फत उपस्थित दर्शकलाई नचाएका छन् । न्यु ईयर इभमा आयोजना नमस्ते रिसोर्टमा भएको कार्यक्रममा राजेश र कमलसँगै आफ्नो प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरंजन दिन कमेडियन सन्दीप क्षेत्री उपस्थित थिए । देशका यी प्रख्यात नामसँगै नेपाल आइडल सिजन फस्ट मार्फत चर्चामा आएका सुजाता पाण्डे र सुरज थापाले पनि आफ्नो प्रस्तुति मार्फत उपस्थितलाई झुमाएका थिए ।

कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टाराइले सँचालन गरेका थिए । नरेश आवाजसँगै सुरु भएको कार्यक्रममा राजेश र कमलले गीत गाउदा उपस्थितले जाडोको प्रवाह नगर्दै नृत्य गरेका थिए । आवाज डी ब्याण्ड, छमछमी सिजन ३ का सेकेन्ड रनरअप शेखर घर्तीमगर, श्रृष्टि शाही, सुस्मिता शाही लगायतले नृत्य प्रस्तुत गरेका थिए । बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गरेको फेस्टिभलमा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, ४ नम्बर बाहिनी प्रमुख निरज पौडेल, जिल्ला प्रहरी प्रमुख अरुण पौडेल लगगायतका उपस्थिति थियो ।

दर्शकलाई ढाका टोपी दिवसको शुभकामना दिदै टोपी उपहार दिइएको थियो जसले कार्यक्रममा आफ्नोपन महसुस गराएको आयोजकले बताएका छन् । देशभर ६ वटा कार्यक्रम गर्ने लक्ष्य सहित नेपालगञ्जमा शारदा इभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा कार्यक्रम गरिएको बलामी फिल्म इन्टरटेन्टमेन्टका प्रमुख समिर बलामीले बताए ।

कमेन्ट गर्नुहोस्