फिल्म । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकीय फिल्म ‘मायाका रङ्गहरू : कलर्स अफ लभ’ को निर्माण घोषणा गरिएको छ । अभिनेता पल शाहलाइ मुख्य भूमिकामा अनुबन्धित गर्दै घोषणा गरिएको फिल्मको छायांकन भारतको सिक्किममा गरिमे जनाएको छ । नेपाली र इन्डियन व्यानरमा निर्माण हुने फिल्मको छायांकन पलले यस वर्षको अन्त्यमा गर्नेछन् ।
अनुबन्धित भएका छन् । यो इन्डो(नेपाली सिनेमाको छायांकन पल शाहले पुजार सार्कीको छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने छ । पर्यटन पर्वद्वनमा फिल्ममार्फत टेवा पुर्याउने उदेश्यले निर्माण गरिने यो फिल्ममा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट लिने तयारी निर्माण टिमको छ । नेपाली र हिन्दीमा छायांकन गरिने फिल्ममा पल बाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ ।
प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने निर्माण पक्षले जानकारी दिएका छन् । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने फिल्ममा सौरभ लामा डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
यसको हेड अफ प्रोडक्सन तथा लाइन प्रोड्युसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।












