शिव र गौरीको ‘रुन्छ नि मन’ (भिडियो)

फिल्म । बुढासुब्बा ओरिजिनल मार्फत निर्माण भइरहेको फिल्म ‘डाँडाको बरपीपल’ले पहिलो गीत सार्वजनिक गरेको छ । सार्वजनिक ‘रुन्छ नि मन’ बोलको गीतमा नवराज गिरीको शब्द , शिव मुखियाको संगीत रहेको छ भने यसमा राजेशपायल राई र सत्यकला राईले स्वर दिएका छन् । सार्वजनिक गीतमा शिव श्रेष्ठ , गौरी मल्ल , सलोन बस्नेत फिचर्ड छन् । शिव र गौरीको मिलन सलोनले गराउने दृश्यलाई गीत मार्फत व्यक्त गरिएको छ ।

फिल्ममा रुविना थापा , राजीवजंग बस्नेतको पनि अभिनय रहेको छ । शोभित बस्नेतको निर्देशनमा तयार भइरहेको फिल्ममा पारिवारिक कथा देखाइने छ । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य रहेको छ ।

कमेन्ट गर्नुहोस्