रविन्द्र भन्छन ‘एउटै भूमिका अफर नगर्नुस’

फिल्म । थियटर हुदै फिल्ममा आएका कलाकार रविन्द्र झाले डेब्यु फिल्म ‘जात्रा’ मार्फत नै सबैको मन जित्न सफल भए । उनलाई फिल्म समिक्षकसँगै दर्शकले पनि उत्तिकै रुचाए । उनले फिल्ममा मधेशबाट राजधानीमा आइ नाइ व्यवसाय गरेको देखाइएको थियो । यसपछि उनले धेरै फिल्ममा अभिनय गरे , प्रायमा उनि कमेडियनकै भूमिकामा देखिए । तर उनि निर्माता तथा निर्देशकलाई आफुलाई फरक रुपमा प्रस्तुत गर्न आग्रह गरेका छन् । राजधानीमा आयोजित फिल्म ‘न यता न उता’ ट्रेलर रिलिज समारोहमा उनले आफुलाई निर्माता तथा निर्देशकले एकै किसिमको भूमिका अफर गर्ने गरेको बताए । ‘मलाइ सधै कमेडियन नै देख्नु हुन्छ तर म फरक रुपमा प्रस्तुत हुन् चाहन्छु’ रविन्द्रले भने ‘न यता न उतामा मलाइ फरक देखाउने कोसिस गर्नु भएको छ , त्यसलाई मैले पनि राम्रोसँग निर्वाह गरेको छु ।’ फिल्ममा उनि डनको भूमिकामा छन् तर पनि उनि कमेडियननै छन् । फिल्म रविन्द्रसँगै मिराज रोश , समिर दीक्षित , ऋचा शर्मा , छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , सिल्सा जिरेल लगायतको अभिनय रहेको छ ।

कमेडी जनरमा तयार फिल्मलाई मिराज र विशारद बस्नेतले संयुक्त रुपमा निर्देशन गरेका हुन् । ‘मैले एउटा नाटकमा अभिनय गर्दै गरेको देखेपछि यो रोल समिरजीलाई अफर गरेको हु’ मिराजले कन्सेप्ट फुर्दाको दिनलाई सम्झिदै भने ‘फिल्मलाई रमाइलो बनाउने कोसिस गरेका छौ र कथा अनुसार चयन गरेका हौ ।’ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ । यसमा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्