फरार नै छन्, पल

फिल्म । नाबालिकलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको खबर बाहिरिएसँगै अभिनेता पल शाह फरार छन् । उनले गरेको फोन र फेसबुक चलाउदा देखिएको लोकेशनमा नेपाल प्रहरीले खोजी गरिरहेको छ । यद्दपी पल अझै फेला परेका छैनन् । गत बुधवार पल विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको हो । नाबालिका गायिकालाई विवाह गर्छु भनेर फकाएर जवर्जस्ती यौन सम्बन्ध राखेको भन्दै उनी विरुद्ध जाहेरी दर्ता गरिएको छ । दर्ता भएको जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) र दफा २२८ अनुसारको सजायको माग गरिएको छ ।

जाहेरीमा शाहले यौन दुर्व्यवहार, बलात्कार प्रयास अनि बलात्कार गरेको भिन्न-भिन्न मिति र स्थान उल्लेख छ । जाहेरीमा बलात्कारको मात्र मागदावी गरिएको छ । जाहेरी परेपछि पल आफैले सेरेन्डर गरेर प्रहरीलाई सघाउछन् भन्ने थियो । यद्दपी उनले त्यसो गरेनन् । उनि फरार छन् , प्रहरीको सम्पर्कमा पुगिसकेका छैनन् । साथै , उनले आम नेपालीको सेन्टिमेन्ट आफु तीर तान्न अनेकन प्रयाश गरिरहेका छन् । यद्दपी यी तमाम प्रयाशमा उनले गरेको गल्ती भने यथावत नै छ । उनले आफुलाई षडयन्त्र गरेर फसाउन खोजिएको भनेका छन् , यद्दपी आफुले नाबालिका सम्बन्ध नराखेको भन्दै अस्वीकार गरेका छैनन् ।

यो जाहेरीमा अदालतले हेर्ने भनेको नै उनको समबन्ध नाबालिकासँग छ वा छैन / थियो कि थिएन भन्ने मात्र हो । किनकी नाबालिकासँग सहमति वा असहमतिमा पनि सम्बन्ध रहन्छ भने त्यो गैर कानुनी ठहर हुन्छ । प्रहरीले पलको खोजिसँगै बलात्कार भएको घरको मुचुल्का र पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गरिसकेको छ । आरोपी पल भने मोबाइल अफ गरेर भागेर हिँडेका छन् । नेपालको कानुन अनुसार जाहेरी परेको यति समयमा अनुसन्धान सक्काउनुपर्ने भन्ने हदम्याद नहुने भएकाले पलका लागी पक्राउ पर्ने र समर्पण गर्ने बाहेक अर्को विकल्प देखिन्न । केहि समय अगाडी मात्र एक टेलिभिजन कार्यक्रम प्रस्तोता मार्फत ‘रियल हिरो’ को ट्याग पाएका अभिनेता शाहले प्रहरीलाइ अनुसन्धानमा नसघाउनुले उनि विरुद्ध परेको जाहेरीलाई थप बलियो बनाएको कानुन जानकार बताउ छन् ।

कमेन्ट गर्नुहोस्