‘अगस्त्य’मा फरक नाजिर ?

फिल्म । फागुनको १८ गतेबाट रिलिजमा आउने फिल्म ‘अगस्त्य : च्याप्टर १’ मा अभिनेता नाजिर हुसेन फरक रहेको दावी निर्माण पक्षले गरेको छ । उनी यसअगाडि देखिएका फिल्मको तुलनामा केही फरक देखिएका हुन् । यद्यपि फरकपना तस्बिर भन्दा पनि आउने भिडियो सामग्रीले प्रस्ट्याउने छ ।

फिल्ममा उनले निसानको भूमिका निर्वाह गरेका छन् । उनी प्रहरी अधिकारीको भूमिकामा हुन् सक्ने अनुमान गरिएको छ । यद्यपि निर्माण पक्षले उनको भूमिकाबारे बताएको छैन । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । यसमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्