‘फिल्मकर्मीद्वारा मेलम्चीमा राहत वितरण’

फिल्म । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदीमा आएको भिषण बाढी बस्तीमा पस्दा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण हेलम्बुदेखि मेलम्चीभर झन्डै डेढ सय घर डुबानमा परेका छन् । केहीको ज्यान गुमेको छ भने केही अलपत्र परेका छन् । यो समाचार बाहिर आउने वितिकै सहयोगी दाताहरु राहत वितरणमा सक्रिय भएका छन् ।

विहिबार मेलम्चीमा पुगेर निर्देशक मिलन चाम्स , ओएसआर डिजिटल प्रमुख ओम अग्रवाल , नायिका आँचल शर्मा , कलाकार रितेश चाम्स , निर्देशक वसन्त निरौला , समाजसेवी रुपा पुन , समाजसेवी तारा दुमी राईको टीमले राहत वितरण गरेको छ । राहत वितरण गरेर फर्किएका निर्देशक चाम्सले मेलम्चीको अवस्था एकदमै नाजुक रहेको बताए । ‘त्यहाँ राहत वितरणमा पनि राजनीति भएको सुन्दा ज्यादै ख्दु लागेको छ’ निर्देशक चाम्स भन्छन् ,’हामी सबै एकजुट भएर मेलम्चीको सहायतामा जुट्नै पर्छ ।’ उनि सहितको टीमले ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

‘हामीले यथाशीघ्र जे जस्तो जुटाउन सक्यौ , लिएर पुगेका हौँ’ निर्देशक चाम्सले भने । उनले मेलम्चीको अन्य स्थानको अवस्था पनि नाजुक रहेको बताउदै राहत वितरणलाई निरन्तरता दिने बताए । ‘हामी अन्य स्थानमा राहत लिएर जाने तयारी गर्दैछौ’ उनले बताए ।

कमेन्ट गर्नुहोस्