फिल्म । पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोस्रो लहरले स्वास्थ्य क्षेत्रमा परिरहेको अवस्थालाई मुल्यांकन गर्दै कलाकारहरु जरुरी स्वास्थ्य उपकरण जोहोमा समेत सक्रिय भएका छन् ।अस्पतालमा अक्सिजन, भेन्टिलेटर लगायतका उपकरण अभाव भएपछि कलाकारको सक्रियता बढेको पाइन्छ ।
यसै लिट्समा थपिएकी छिन् अभिनेत्री मनिषा कोइराला । उनले बुधबार बीरगञ्जको नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, एक सय थान पीपीई, फेस सिल्ड, मास्क प्रदान गरेकी छिन् । उनको सहयोग प्राप्त गरेसंगै अस्पताल प्रशासनले धन्यवाद दिएको छ ।
कमेन्ट गर्नुहोस्










