१८ करोड नजिक ‘परान’

फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनमा रहेका नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’मार्फत सार्वजनिक विवरणअनुसार विभिन्न फिल्महरूको आम्दानी तथा टिकट बिक्रीको तथ्यांक सार्वजनिक गरिएको हो। उक्त विवरण गएको पुस १९ गतेसम्मको हो।

गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरु भएको फिल्म ‘परान’ ले उल्लेखनीय कमाइ गरेको छ । दीपकप्रसाद आचार्य निर्देशित यस फिल्मले प्रदर्शनको ५१ औँ दिनसम्मको यात्रा तय गर्दै १७ करोड ७१ लाख १७ हजार ८३० रुपैयाँ आम्दानी गरेको छ । फिल्मका कुल ६ लाख २८ हजार ७९३ टिकट बिक्री भएका छन्। यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी र सुव्रत आचार्यलगायत कलाकारको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्