नेपाली फिल्ममा अभिनय गर्दै ‘जवान’ अभिनेता सांगे

फिल्म । पछिल्लो समय भारतीय फिल्महरू ‘राधे’, ‘जवान’,‘बडे मिया छोटे मिया’,‘रुस्लान’ लगायतमा काम गरेका भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले फिल्म ‘ऐरी’मा अभिनय गर्ने भएका छन् । सांगे र फिल्मका निर्देशक जीवन थापाबिच बुधबार कागजी संझौता भएको छ ।

नायक प्रदिप खड्काको मुख्य भूमिका रहने यो महत्वकांक्षी फिल्ममा सांगेको भूमिका के हुने हो भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन् । ‘मैले यो फिल्ममा काम गर्नुको मुख्यकारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । साथमा, मलाई सधै नै योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो फिल्मबाट मेरो सपना पुरा हुँदैछ’, उनले भने ।

यो फिल्मको हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको छ । यो फिल्मलाई नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिने तयारी निर्माण पक्षको छ । फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ ।

कमेन्ट गर्नुहोस्