फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ वर्ड अफ माउथ स्ट्रोङ्ग भएको कारण दर्शकको माया पाउँदै राम्रो ब्यापार गरिरहेको छ । फिल्मलाई दर्शक र समिक्षक दुबैले रुचाएका छन् । यसैले गर्दा पनि फिल्मको व्यापार विक डेजमा पनि राम्रो छ । फिल्मलाई ‘लामो रेसको घोडा’ भनेर पनि भनिएको छ । फिल्म हेर्ने अधिकांस कमेडीको स्वाद लिन पुग्छन तर प्रस्तुतीकरण तथा कथावस्तुले हाँस्दै र रुँदै फर्किन्छन । यस्तै भयो भुवन केसी र करिश्मा मानन्धरलाई पनि ।
कमेडीको स्वाद लिन पुगेका यीद्वय नै फिल्म हेरेर दंग परे । फिल्म हेरेपछि मिडियासँग कुराकानी गर्दै भुवनले भने ‘दर्शकले पुरा मनोरञ्जन पाउनुहुनेछ ।’ उनले फिल्मले भावुक पनि बनाएको बताए । ‘पछिल्लो समय यस्तो फिल्म कमै हेर्ने पाइन्छ , त्यसैले अन्यलाई पनि हेर्न सिफारिस गर्छु’ भुवनले भने । भुवन झैँ करिश्मा पनि फिल्म हेर्न पाएकोमा दंग थिइन् ।
‘फिल्म सबैलाई रिलेट गर्छ किनकी स-साना कुरालाई पनि राम्रोसँग देखाइएको छ’ करिश्माले पनि दर्शकलाई फिल्म हेर्न सिफारिस गरिन् । आइतबार बेलुकी काठमाण्डौको बीग मुभिजमा पुगेर उनीहरुले फिल्म हेरेका हुन् । दुवैले फिल्मलाई उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिए । प्रदिप भट्टराई निर्देशित फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिका छ ।












