‘आँशुले छचल्किए आँखाहरु’ (भिडियो)

148 Shares

संगीत । ‘आँशुले छचल्किए आँखाहरु’ गीतसंगै यसको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा पारिवारिक वेदनाको कथा भनिएको छ । यो गीत ‘आँशु’ गीति एल्वममा संग्रहित छन् । एउटी महिलाले श्रीमान गुमाउनुको वेदना र छोरीले आफ्ना पिताको स्पर्श गुमाउनुको मर्मलाई यसमा देखाइएको छ । रुवी पोखरेलको शब्द , सुनिल मास्केको संगीत र प्रश्ना शाक्यको स्वर यसमा रहेको छ ।

गीतमा जीवन भट्टराई, इस्टु कार्की र दीप्सना भट्टराईले अभिनय गरेका छन् । इस्टुले यसमा आमाको भूमिका निर्वाह गरेकी छिन् भने दीप्सनाले छोरीको । यी दुइकै वरपर भिडियो केन्द्रित छ । भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । भने, युवराज वाइवाले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्