‘वार २’को ट्रेलर कहिले आउँछ ?

फिल्म । युवा प्रेमकथा आधारित फिल्म ‘सैयारा’ ले बक्सअफिसमा शानदार सुरुवात गर्दै फिल्म उद्योग र ट्रेड विश्लेषकहरूलाई चकित पारेको छ । यही सक्सेसकै माहोलमा यशराज फिल्म्सले आगामी अगस्ट १४ मा रिलिज गर्ने फिल्म ‘वार २’ को ट्रेलर ल्याउने भएको छ । फिल्मको ट्रेलरलाई सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले स्वीकृति प्रदान गरेको छ ।

‘वार २’ को २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरलाई यू/ए १६+ प्रमाणपत्र दिएको छ । रिपोर्टका अनुसार, यशराज फिल्म्सले अर्को हप्ता यो ट्रेलर सार्वजनिक गर्ने भएको छ । फिल्ममा ऋतिक रोशन र जुनियर एनटीआरको रोमाञ्चक भिडन्त देखिनेछ । कियारा आडवाणी पनि यो फिल्ममा छिन् र उनको बिकिनी अवतारले दर्शकमा चर्चा पाएको छ ।

यो फिल्म अयान मुखर्जी र वाईआरएफको पहिलो सहकार्य हो र ‘स्पाई युनिभर्स’ को हिस्सा पनि हो । रोचक कुरा, यो सिनेम्याटिक युनिभर्सको अर्को फिल्म ‘अल्फा’, जसमा आलिया भट्ट र शर्वरी अभिनीत छन्, यो वर्ष क्रिसमसमा रिलिज हुनेछ । ‘वार २’ को कथा ‘अल्फा’ सँग जोडिने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्