पुर्व प्रधानमन्त्री भट्टराईले रुचाए ‘जात्रै जात्रा’

फिल्म । गत जेठ ३ गतेबाट प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ यतिबेला ५१ औ दिनो दौडमा छ । फिल्मले राजधानीको मल्टिप्लेक्समा अझै पनि राम्रो शो पाइरहेको छ । शो मात्र पाएको छैन , प्राप्त शो मा दर्शकको संख्या राम्रो छ । विकेन्ड र विक डेजको छुट हुने दिनमा दर्शक लगभग भरिभराउ छन् । यसैक्रममा फिल्मलाई पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले हेरेका छन् । राजधानी स्थित कुमारी हलमा बुधवार साँझ ६ बजे फिल्म हेर्न आइपुगेका भट्टराईले फिल्म मन परेको प्रतिक्रिया दिए ।

‘निम्न मध्यम वर्गीय परिवारको सपना ठुलो हुन्छ , जसलाई पूर्ति गर्ने सोच राख्दा यस्ता परिघटना घट्ने गर्छन्’ उनले मिडियासँग कुरा गर्दै भने । पुर्वप्रधानमन्त्री भट्टराईले यस्ता फिल्मले विदेशी फिल्मको आयातलाई रोक्दै स्वदेशी फिल्मको बजार बढाउने काम गर्ने पनि विश्वास व्यक्त गरे । ‘नेपाली फिल्मलाई सुविधा दिने ढंगले नीति सरकारले बनाउदा राम्रो हुन्छ’ उनले भने ।

उनिसँगै नजिकका नेताहरु पनि फिल्म हेर्न आइपुगेका थिए । पछिल्लो समय विदेशमा आयोजित शोमा सहभागी भएर फर्किएका टिम मध्यका एक निर्देशक प्रदिप भट्टराईले दर्शकको विश्वासले जिम्मेवारी झन्डै बढेको बताए । ‘फिल्म हेर्ने दर्शकको मुहारमा खुसि ल्याउन सक्नु नै हाम्रो सफलता हो’ निर्देशक भट्टराईले भने । फिल्ममा विपिन कार्की, दयाहाङ राई, रबिन्द्र झा, रबिन्द्र सिंह बाँनिया, बर्षा राउत , प्रियंका झा , राजाराम पौडेल लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । ]यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । फिल्मलाई उपत्यकामा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्