रणवीर र दीपिकाको विवाहमा प्रियंका नजाने ?

जयहोस् । यतिबेला बलिउडमा विवाहको लहर आउदैछ भन्दा फरक नपर्ला । किनकी बलिउड सेलेब्सको विवाहको खबर आइरहेका छन् । नोभेम्बरमा रणवीर सिंह र दीपिका पादुकोण विवाह गर्दैछन भने डिसेम्बरमा पप्रियंका चोपडाले निक जोनससँग विवाह गर्दैछिन । यसैगरी कमेडियन कपिल शर्मा पनि डिसेम्बरमै विवाह गर्दैछन । बेलाबखतमा दीपिका र प्रियंकाको ‘कोल्ड वार’ को बारेमा भारतीय मिडियामा खबर नआउने गरेको पनि होइन । तर यसको बारेमा यी दुईले बोलेका भने छैनन् । यी दुईले पछिल्लो समय फिल्म बाजिराव मस्तानीमा सँगै काम गरेका थिए । यसकारण पनि रणवीर र दीपिकाको विवाहमा प्रियंका पुग्छिन भन्ने चर्चा बि-टाउनमा थियो । तर आफ्नो डिसेम्बरको विवाहलाई कारण देखाउदै प्रियंका रणवीर र दीपिकाको विवाहमा उपस्थित नहुने भएकी छिन । नोभेम्बर १४ र १५ मा हुने विवाहमा प्रियंका नभ्याउने खबर भारतीय मिडियामा छ । झन्डै दुई साताको ग्यापमा हुने विवाहले बि-टाउनमा भने राम्रै चर्चा पाइरहेको छ ।
कमेन्ट गर्नुहोस्