संगीत । पछिल्लो समय ‘राता लम्बिया’ गीत मार्फत चर्चामा रहेकी गायिका असिस कौर नेपाल आउने भएकी छिन् । केसरी फिल्मको ‘भे माही’, ड्राइभ फिल्मको ‘मखना’, सिम्बा फिल्मका दुई गीत ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, लभयात्री फिल्मको ‘आख लड जावे’, ‘छोगडा’ र कपुर्स एण्ड सन्स फिल्मको ‘बोल्ना’ गीतमा स्वर दिएकीअसिस पन्जाबी गायिका हुन् ।
जनवरी ७ मा नेपाल आइपुग्ने असिसले जनवरी ८ मा दरबारमार्गस्थित क्लब प्लेटिनममा आफ्नो प्रस्तुति दिनेछिन् । ‘राता लम्बिया नाइट विथ आसिस कौर’ नाम दिइएको कन्सर्टलाई फेलिज इन्टरनेसनल इभेन्टले आयोजना गर्न लागेको हो ।कन्सर्टमा कौरसहित नेपाली गायक याबेश थापाले समेत प्रस्तुति दिनेछन् ।
कमेन्ट गर्नुहोस्












