बक्सअफिसमा कस्तो छ ‘धुरन्धर’ ?

फिल्म । पछिल्लो केहि वर्ष यता अभिनेता रणवीर सिंहको समय ठीकठाक छैन । कुनै समय एकपछि अर्को फिल्ममा सफलता प्राप्त गरेका रणवीरले पछिल्ला केही वर्षदेखि असफलता हात परिरहेका छन् । उनले निकै मेहनत र अपेक्षा गरेको फिल्मले नै दर्शकको विश्वास जित्न सकेको छैन । यिनै रणवीर केही वर्षको विश्राम पश्चात ‘धुरन्धर’ नामक फिल्म लिएर आएका छन् ।

उक्त फिल्मले सुरुआती व्यापार भने उत्साहजनक गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन २८ करोड भारतीय रुपैयाँभन्दा बढी कमाउँदै रणवीरको करियरकै सबैभन्दा ठूलो ओपनिङको रेकर्ड कायम गरेको छ।

फिल्मका निर्माताहरूका अनुसार ‘धुरन्धर’ ले शुक्रबार भारतभर २८ करोड ६० लाख रुपैयाँ कलेक्शन गरेको छ । यसअघि रणवीरको ‘पद्मावत’ ले पहिलो दिन २४ करोड रुपैयाँ कमाएको थियो भने रोहित शेट्टी निर्देशित ‘सिंबा’ ले करिब २० करोड ७२ लाख रुपैयाँ ओपनिङ पाएको थियो ।

आदित्य धरको निर्देशनमा तयार भएको फिल्म ‘धुरन्धर’ मा रणवीरसँगै आर माधवन, अक्षय खन्ना, संजय दत्त लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्