५१ रुपैयाँ पारिश्रमिकमा तयार हुँदै ‘रङ्ग भित्रको उजाड जिन्दगी’

संगीत । केहि समय अगाडी भारतीय गायन रियालिटी शो ‘सारेगामापा’ मा टप ११ सम्म पुगेर चर्चामा आएकी गायिका मेनुका पौडेलको नयाँ गीत ‘रङ्ग भित्रको उजाड जिन्दगी’ को छायाँकन सम्पन्न भएको छ । नक्साल बाल मन्दिरमा छायाँकन गरिएको यस भिडियोमा काम गर्ने सम्पूर्ण टीमलले जनही ५१ रुपैयाँ पारिश्रमिक लिएका छन् ।

नेपाल आइडल मार्फत आफ्नो गायन यात्रालाई अगाडी बढाएकी मेनुकाको गीतले आत्मसन्तुष्टि दिएको भन्दै भिडियोमा रहेका सम्पूर्ण प्राविधिकले मात्र रु ५१ लिएर काम गरेका हुन् । गीतमा दिपेन्द्र घिमिरेको शब्द र एसडी योगीको संगीत रहेको छ । केहि दिनमा सार्वजनिक गरिने भिडियोमा नीता ढुंगाना र निराजन प्रधान फिचर्ड छन् । भिडियोमा अनिल के मानन्धरको छायाँकन , सुप्रिम पराजुलीको सम्पदान र शान थापाको निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्