सिरिज । कोरोना भाइरसको कारण विश्वमा अधिकांस देशमा लकडाउन भए । सामाजिक दुरी कायम गर्नु पर्ने भएकोले पनि विश्वका अधिकांस देशले लकडाउन गर्न बाध्य भयो । लकडाउनका कारण घरमै बसिरहेकाले मनोरञ्जनको रुपमा ओटीटीलाई अंगाले । विश्वभरका कन्टेनलाई हेर्ने मौका मिल्यो । त्यसले दर्शकको टेस्ट मात्र परिवर्तन गरेन , नयाँ कथालाई हेर्ने मौका पनि दियो ।
फिल्मको कल्पनामा रमाई रहेका दर्शकले यथार्थतामा रमाउन थाले । यसैबीच आएको एउटा मराठी सिरिज ‘समान्तर’ ले राम्रो चर्चा पायो । म्याक्स प्लेयरमा नि:शुल्क रुपमा आएको यो सिरिजलाई दर्शकले हेरेर तारिफ गरे । उक्त प्लेटफर्ममा आएको समान्तर र आश्रमले मात्र चर्चा पाएको छ । सानो बजेटमा निर्माण गरिएको सिरिजले समान्तर रुपमा जीवन चल्ने दुइ व्यक्तिको कथालाई देखाएको थियो ।
यस कन्सेप्टलाई दर्शकले रुचाए । एउटा व्यक्ति जो जीवनबाट निराश छ , उसले आफ्नो भविष्यलाई अरुले भुतकालमा विताईसकेको थाहा पाएपछि आउने रोचक कथालाई यसको पहिलो सिजनमा देखाइएको छ । आफ्नो भविष्यलाई एक दिन अगावै देख्ने अवसर पाएको कुमार महाजनको जीवनमा सिरिज घुमेको छ । उनको जीवनलाई सुदर्शन चक्रपाणी चालिसे भन्ने क्यारेक्टरले विताई सकेका हुन्छन् ।
चक्रपाणीसंग उनको भोगाईको डायरी लिएर जीवनलाई सुन्दर बनाउने तयारी गरिरहेका कुमारले भविष्य देख्दा देख्दै भोग्ने पिडालाई दोस्रो भागमा देखाइएको छ । उनलाई भोलि हुने घटना थाहा छ । अब उनले भविष्यलाई चक्रपाणीको भन्दा फरक बनाउन सक्छन त ? भन्ने नै सिरिजको आकर्षण हो । यसलाई आइएम डीबीमा ८ रेटीङ मिलेको छ ।
अम्बर हडापको लेखन तथा स्क्रीनप्ले रहेको सिरिजलाई समीर विडवाले निर्देशन गरेका छन् । यसमा कुमार महाजनको भूमिकामा स्वप्निल जोशी रहेका छन् भने चक्रपाणीको भूमिका नितिश भारद्वाजले गरेका छन् । यसमा स्वप्निल र नितिशसंगै तेजस्विनी पण्डित , साइ तम्हानकरको मुख्य भूमिका रहेको छ ।