रियालिटी शो । सोमबार साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अनलाइन ट्यालेन्ट शो कम्पिटिसनको दोस्रो संस्करण घोषणा भएको छ । विश्वभरका प्रतिभालाई भर्चुअल माध्यमबाट छनौट गरि आयोजना हुने कार्यक्रमले नेपालीलाई आफ्नो भाषा, साहित्य, संगीत तथा कलाको माध्यमद्धारा एकीकृत गराउने शो निर्माता पुष्प गजमेरले बताउनु भयो । उहाँको हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ ।
एकेडेमी अध्यक्ष गजमेरले नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो सुरुवात गर्न लागेको जानकारी दिनुभयो । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनु हुनेछ । प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ ।कार्यक्रममा अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।











