सेलेव्स रिभ्यु : कबड्डी कबड्डी कबड्डी रमाइलो सिरिज

फिल्म । यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ हो । यो फिल्म आज शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । प्रदर्शन पुर्व नै फिल्मलाई लिएर फिल्मकर्मी मात्र होइन , हल संचालक पनि उत्तिकै आश्वादी छन् । जसलाई यसले प्राप्त गरेको शो ले प्रस्ट्याएको छ । यसैले गर्दा पनि रिलिजको पुर्व सन्ध्यामा यसको प्रिमियर गरियो ।

प्रिमियरमा नाम चलेका अधिकांस कलाकारहरुको उपस्थिति रहेको थियो । कबड्डीको तेस्रो सिरिजको रुपमा दर्शक समक्ष आएको यस फिल्मलाई प्रिमियरमा उपस्थितले रुचाएका छन् । प्रिमियरमा निर्देशक दीपाश्री निरौला , नायिका वर्षा राउत , मोडल एलिशा राई , कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ , कुन्जना घिमिरे ‘सुन्तली’ , नायिका सुरक्षा पन्त , नायिका शिल्पा पोखरेल , निर्देशक साम्तेन भुटिया , निर्देशक प्रचण्डमान श्रेष्ठ , निर्माता रविन्द्र सिंह बानियाँ , कलाकार सन्जोग कोइराला , कमेडियन सन्दीप छेत्री , निर्माता अर्जुन कुमार लगायतको उपस्थिति रहेको थियो ।

‘नेपाली राम्रो फिल्म हेरियो , रमाइलो लग्यो’ सन्दीपले भने ‘यो कमेडी भन्दा पनि लभ स्टोरी हो ।’ उनले सामाजिक सञ्जाल मार्फत पनि फिल्म हेर्न आग्रह गरेका छन् । यसैगरी निर्माता वाग्ले पनि फिल्म रामबाबुको अहिलेसम्मकै राम्रो फिल्म रहेको प्रतिक्रिया दिए । यसैगरी वर्षा र एलिशाले पनि फिल्म मनोरंजनको प्याकेज रहेको बताए ।

‘फिल्म रमाइलो छ र दर्शकलाई बढेको छ’ दीपाले भनिन् ‘ब्राण्डबाट यत्तिको फिल्म आयो भने दर्शकले गाली गर्नु हुदैन ।’ यसैगरी सिताराम अर्थात् धुर्मुसले फिल्म हेरुनजेल रमाइलो रहेको प्रतिक्रिया दिएका छन् । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

तस्वीरहरु : आर्यन विमली

कमेन्ट गर्नुहोस्