फिल्म । कामना फिल्म अवार्डको चौथो संस्करण ललितपुरमा सम्पन्न भएको छ । कामना मासिक ३४ वर्ष पुरा गरि ३५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना गरिएको अवार्डमा अनमोल केसी र वेनिशा हमालले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड जितेका छन् । अनमोलले कृ मार्फत अवार्ड हात परेका हुन् भने वेनिशाले ‘ब्लाइन्ड रक्स’ मार्फत अवार्ड जितिन् ।

यसैगरी निर्देशक तर्फ लिलिबिली मार्फत मिलन चाम्स उत्कृष्ट निर्देशक घोषणा भए भने उनकै फिल्म लिलिबिली नै उत्कृष्ट फिल्म घोषित भयो । मिलन फिल्म ‘वीर विक्रम २’ को छायाँकनमा व्यस्त रहेकाले अवार्डमा उपस्थित थिएनन् । समारोहमा मह जोडी अर्थात हाँस्य जगतका २ हस्ती मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो ।

यसैगरी, संगीतकार शम्भुजित बास्कोटालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । अवार्डमा नायिका प्रियंका कार्कीलाई ‘स्टार अफ दि इयर’ अवार्ड प्रदान गरिएको थियो । अवार्ड समारोहमा नेपाली चलचित्रका कलाकार, पत्रकार, प्राविधिकहरुको उल्लेख्य सहभागीता रहेको अवार्डमा अनमोलसंगै प्रदीप खड्का , सलिनमान बनिया , आशिरमान डिएस जोशी , भुवन केसी , रमेश उप्रेती , गौरी मल्ल , निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो । अवार्ड कार्यक्रमलाई कलाकार सरोज खनाल , गौरी मल्ल , सञ्चारकर्मी नरेश भट्टराई , प्रदीप खड्का र केकी अधिकारीले सँचालन गरेका थिए ।

अवार्ड विजेताको लिस्ट यस्तो छ
सर्वोत्कृष्ट फिल्म : लिली बिली
सर्वोत्कृष्ट निर्देशक : मिलन चाम्स – लिली बिली
सर्वोत्कृष्ट नव निर्देशक : दिपेन्द्र लामा – घामपानी
सर्वोत्कृष्ट अभिनेता : अनमोल केसी – कृ
सर्वोत्कृष्ट अभिनेत्री : वेनिशा हमाल – ब्लाइन्ड रक्स
स्टार अफ द ईयर : प्रियंका कार्की
जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट अभिनेता : रमेश बुढाथोकी – भुईमान्छे
जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट फिल्म : भुईमान्छे
जुरी अवार्ड तर्फ सर्वोत्कृष्ट खलपात्र : सुनिल थापा – शेरबहादुर
बर्ष थिएटर – बिरेन्द्र हमाल – माला आर्ट
सर्वोत्कृष्ट नव अभिनेता :आशिरमान देशराज जोशी – ग्याङ्गस्टर ब्लुज
सर्वोत्कृष्ट नव अभिनेत्री : जसिता गुरुङ – लिली बिली
सर्वोत्कृष्ट सह अभिनेता : शिवहरी पौडेल - शत्रुगते
सर्वोत्कृष्ट सह अभिनेत्री : वर्षा राउत – छक्का पञ्जा २
सर्वोत्कृष्ट खलपात्र : रमेश रञ्जन झा – संरक्षण
सर्वोत्कृष्ट हास्य कलाकार : राजाराम पौडेल – म यस्तो गीत गाउँछु
सर्वोत्कृष्ट बालकलाकार : पिंजडा ब्याक अगेन – कुशाग्र भट्टराई
सर्वोत्कृष्ट कथा : दिपेन्द्र लामा – घामपानी
सर्वोत्कृष्ट पटकथा : दीपकराज गिरी / प्रदीप भट्टराई – शत्रुगते
सर्वोत्कृष्ट संवाद : हरिवंश आचार्य / प्रदीप भट्टराई – शत्रुगते
सर्वोत्कृष्ट गीतकार : धिरेन्द्र प्रेमर्षी – सम्झनाको सारंगी – संरक्षण
सर्वोत्कृष्ट संगीतकार : अर्जुन पोखरेल – तिमी रोएको पल – ऐश्वर्य
सर्वोत्कृष्ट पार्श्वगायक : सुगम पोखरेल – तिमी रोएको पल – ऐश्वर्य
सर्वोत्कृष्ट पार्श्वगायिका : बानिका प्रधान –उड्यो मन – ब्लाइन्ड रक्स
सर्वोत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – कुटुमा कुटु – दुई रुपैयाँ
सर्वोत्कृष्ट द्वन्द निर्देशक : हिमाल केसी – संरक्षण
सर्वोत्कृष्ट छायांकन : पुरुषोत्तम प्रधान – कृ
सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल – कृ
सर्वोत्कृष्ट पार्श्वसंगीत : एलिष कार्की – लिली बिली
सर्वोत्कृष्ट ध्वनी मिश्रण : मुकेष शाह – लिली बिली
सर्वोत्कृष्ट श्रृंगार : शंकर थापा – घामपानी





