लगातार असफल अक्षय

फिल्म । सन् २०१२ पश्चात बलिउड अभिनेता अक्षय कुमार समय ठीकठाक भयो । राउडी राठोर , ओह माइ गड लगायतका फिल्मले उनको दर्शक बढायो । त्यसपछि आएका फिल्महरु खिलाडी ७८६ , स्पेसल २६ , बोस , बेबी लगायतका फिल्महरुले उनलाई सय करोड क्लबको हिरोमा लगातार स्थिर बनायो । यद्दपी कोरोना भाइरसको महामारी पश्चात उनको यो स्थिरता कायम छैन । सूर्यवंशीलाई भुल्ने हो भने उनका फिल्मलाई नत समीक्षकले रुचाएका छन् नत बक्स अफिसमै कमाल गर्न सकेको छ ।

अतरंगी रेलाई समीक्षकले केहि राहत दिएता पनि त्यसबाहेकका फिल्मले उनको दर्शक घटाईरहेको छ । लक्ष्मी बम्ब , बच्चन पाण्डे , बेल बटम झैँ उनको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ पनि असफल रहयो । अक्षयलाई लिएर फिल्म बनाउदा फाइदा हुनेछ भन्ने निर्माताहरुको उनको पारिश्रमिककै कारण अप्ठ्यारोमा पर्न थालेका छन् । लगातार फिल्म असफल हुँदा अक्षयको पारिश्रमिक खस्किने डर बढ्दो छ । एकै फिल्मको लागि एक सय करोड बढीको पारिश्रमिक लिने गरेका अक्षय लगातार फिल्म असफल हुँदा चिन्तित रहेको भारतीय मिडियामा उल्लेख छ ।

यस अगाडीको फिल्म ‘बच्चन पाण्डे’ लाई द कश्मीर फाइल्सको कारण असफल भएको बताउने अक्षयले यसपटक बहाना पाएका छैनन् । दुइ सय करोडको हाराहारीमा बनेको फिल्म ‘सम्राट पृथ्वीराज’ को कलेक्सन एक सय करोड पुग्नेमा समेत ट्रेड एनालिस्टहरु विश्वस्त छैनन् ।

कमेन्ट गर्नुहोस्