फिल्म । निर्देशक दिवाकर भट्टराई निर्माता बन्ने पक्का भईसकेको छ । किनकी उनले ‘ओम नम शिवाय’को ब्यानरमार्फत विकास बोर्डमा ‘तिमिसंगै हुने मन छ’ नामक फिल्म दर्ता गरिसकेका छन् । फिल्ममा दीपिका प्रसाई फिमेल कास्टको रुपमा तय छिन् भने मेल कास्ट को हुने चर्चा चलिरहेको छ । लभ स्टोरी फिल्ममा पक्कै पनि चकलेटी हिरो नै हुनेछन् । केहि समय अगाडी फिल्ममा आर्यन सिग्देल रहने नाम पनि आयो । तर , आर्यनलाई अफर गरिएको स्क्रिप्ट अर्कै रहेको पनि कहिँ कतै सुनिएको छ । त्यसो त फिल्मको लागि पल शाहलाई पनि अप्रोच गरिएको बुझिएको छ ।
पलसंग कुराकानी अगाडी बढेको हो ? भन्ने प्रश्नमा निर्देशक भट्टराईले कुरा भएता पनि उनि तय भइनसकेको बताए । ‘उहालाई कन्सेप्ट शेयर गरेको थिए र कुराकानी पनि भएको हो तर पक्का भएको छैन’ निर्देशक भट्टराईले भने । ‘मेरो जीवन साथी’बाट निर्देशनमा डेब्यू भएका भट्टराईले त्यसयता ‘स्टुपिड मन’, ‘एश्वर्य’ र ‘क्याप्टेन’जस्ता फिल्म निर्देशन मार्फत चर्चामा आएका हुन् । दसैँपछि फ्लोरमा जाने फिल्ममा सब ठिक ठाक भए पल र दीपिकाको जोडी रहनेछ । दिवाकरको कुरालाई भुल्दै श्रोतलाई आधार मान्ने हो भने पलले ‘म यस्तो गीत गाउछु २’ पछि तिहारपछिको समय फिल्मको लागि छुट्याईसकेका छन् ।











